Carrot Juice

Carrot Juice

health with fruits

health with fruits

Love

Love

Fresh Veggies

Fresh Veggies

I am Healthy

I am Healthy

Showing posts with label अपराध. Show all posts
Showing posts with label अपराध. Show all posts

Monday, September 19, 2016

काठमाडौंका तीनवटा विद्यालयमा बम विस्फोट | दुई वटाको निस्कृय

काठमाडौंः मंगलबार बिहानै काठमाडौंका तीनवटा निजी विद्यालयमा बम विस्फोट भएको छ । बिहानै काठमाडौंको जोरपाटीस्थित आकाशदिप माध्यमिक विद्यालय, मनकामना बोर्डिङ स्कुल र राई स्कुलमा बम विस्फोट भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । तीनवटै बम बिहान ३ बजेर ४५ मिनेटदेखि ४ बजेको बीचमा विस्फोट गरिएको हो । विस्फोट गरिएका मानिसको चहलपहल नहुँदा कोही पनि घाइते भएका छैनन् । विस्फोटबाट विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । विस्फोटबाट आकासदीप माविको गेट भत्किएको प्रध्यानाध्यापक मदन सुवेदीले जानकारी दिएका छन् । बम विस्फोटपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार निजी विद्यालयहरुल महंगो शुल्क लिएको भन्दै यो फोर्सले बम आक्रमण गरेको खुल्न आएको छ । शक्तिशाली कुकर र ग्यास सिलिन्डर बम परिसरका प्रवक्ता एसपी कार्कीका अनुसार यो फोर्सले प्रयोग गरेका बम शक्तिशाली रहेका छन् । जोरपाटीका पाँचवटामध्ये तीनवटा बोर्डिङमा विस्फोट भएका बम पाँच किलोवाला ग्यास सिलिन्डर रहेको कार्कीले बताए ।

यो फोर्सले जोरपाटीकै पिस्कोल बोर्डिङ र बाल संसारको गेट अगाडि राखेको बम भने नपड्केको अवस्थामा भेटिएको छ । ‘अन्य दुई स्कुलमा राखेर पनि विस्फोट नभएका दुईवटा सिलिन्डर बम बरामद गरेका छौं’, कार्कीले भने, ‘ती बमलाई निष्कृय बनाउँदैछौं । राजधानीका अन्य स्कुलमा पनि बम राखेको सूचना आएको छ । अनुसन्धान तीब्र पारेका छौं ।’ फोर्सले कुनै धम्की दिएको थिएन बमबाट क्षतिग्रस्त आकाशदीपका प्रधानाध्यापक मदन सुवेदीले बम विस्फोट गराउने समूहले आफूहरुलाई यसअघि कुनै धम्की नदिएको बताए । ‘हामीसँग यसअघि कुनै किसिमको धम्की आएको थिएन’, उनले भने, ‘कसैले चन्दा तथा अन्य सहयोग पनि मागेका थिएनन् तर आज धेरैवटा बोर्डिङ शक्तिशाली बम पड्काइएको छ ।’ काठमाडौं र ललितपुरका अन्य स्कुलमा पनि बम एसपी कार्कीका अनुसार ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी र डल्लुको कन्चनजंघा इन्टिग्रेटेड मोर्डन स्कूलमा पनि बम भेटिएको छ। ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीमा शक्तिशाली कुकर कम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको एसपी कार्कीले बताए । बम राखिएको ठाउँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नामको पर्चा भेटिएको छ ।

Saturday, March 28, 2015

यि हुन सेक्स र्‍याकेटमा रंगेहात पक्राउ परेका १० नायिकाहरु !!!

ऐश अन्सारीः ‘चलते चलते’ र ‘ओम शान्ती ओम’ जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३ नोभेम्बर ५ तारिकका दिन देह व्यापार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य तीन महिलाहरुको साथमा उनलाई पक्राउ गरिएको थियो । ऐश अन्सारीसँग जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने गरेको बताइएको छ ।

सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्‍याकेटको भण्डाफोर भएको थियो । यो र्‍याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।

श्रावणीः तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्‍याकेटमा सन् २०१३ मा अक्टोबर ३ तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।

भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्‍याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।

ज्योतिः दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।

किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।

श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्‍याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।

मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्‍याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।

Friday, March 27, 2015

ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको छोरालाई मारेर गाडियो (तस्वीर र भिडियोसहित)

» पाल्पामा ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको छोरालाई मारेर गाडियो (तस्वीर र भिडियोसहित)
पाल्पामा ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको छोरालाई मारेर गाडियो (तस्वीर र भिडियोसहित)

  • गएको चैत सात गते बच्चा जन्मने समय पुगेपछि अम्बिसरालाई बेथा लाग्यो। बेथा लागेपछि ससुरा बुहारी घरबाट निस्के र घरदेखि डेढ सय मिटर माथि जंगलमा गए। जंगलमै अम्बिसराले छोरालाई जन्म दिइन्। छोरा जन्मेपछि दुवैजना मिलेर छोराको हत्या गरेर जंगलमै ढुंगाको कापमा खाल्डो खनेर गाडे।
पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको बच्चाको शव ।

टेकनारायण भट्टराई, (करुवा), ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको बच्चालाई मारेर गाडेको अभियोगमा पाल्पा प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ। गोठादी–८ दमारका ५३ वर्षीय ससुरा तिलबहादुर रेश्मी र उनकी आफ्नै बुहारी २६ वर्षकी अम्बिसरा रेश्मीले यसरी बच्चा जन्माएर मारेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइ आवश्यक अनुसन्धान भइरहेको छ।
यसरी पोको पारेको अवस्थामा भेटिएको थियो बच्चाको शव ।

गाउँमा उनीहरुको क्रियाकलाप शंकास्पद लागेको सुराक पाएर प्रहरीले छानबिन सुरु गरेको थियो। झडेवाको माथा प्रहरी चौकीबाट गएको हवल्दार सन्तोष रेग्मी नेतृत्वको गाउँ गस्ती टोलीले शंका लागी छानबिन गर्दा उनीहरुले बच्चा जन्माएर मारेको तथ्य फेला परेको थियो। बच्चा मारेको पुष्टि हुने आधार पाएपछि माथा चौकीले जिल्ला प्रहरी कार्यालय पाल्पामा खबर गरेको थियो। त्यसपछि जिल्लाबाट प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाको नेतृत्वमा गएको प्रहरी टोलीले गाडेको ठाउँमा खनेर बालकको शव भेट्टाएको हो। शव कालो झोलामा पोको पारेर गाडेको अवस्थामा थियो। शव जिल्ला अस्पताल पाल्पा ल्याएर पोष्टमार्टम गरिएको छ।

भिडियोमा हेर्नुहोस् यसरी खनेर निकालियो गाडिएको बच्चाको शव - 

यसरी भयो घटना
दमार गाउँमा पक्राउ परेका रेश्मी ससुरा बुहारीको घर जंगलको बीचमा छ। ठाउँ सुनसान छ। नजिक अन्य कुनै घर छैनन्। तिलबहादुरका जेठा छोरा अहिले अर्की श्रीमती बिहे गरेर तराइतिर बस्छन्। उनले जेठी श्रीमतीलाई घरमै छाडेर अर्की श्रीमती लिएर गएपछि ससुरा बुहारीबीच अनैतिक सम्बन्ध सुरु भएको बुझिन्छ। ससुरा तिलबहादुरकी श्रीमती पनि छिन्। उनका कान्छा छोरा विदेशमा छन् र १२ वर्षकी छोरी घरमै छिन्। आफ्ना पतिको बुहारीसँग अनैतिक सम्बन्ध भएको तिलबहादुरकी श्रीमतीलाई पनि थाहा थियो तर उनी केही पनि बोलिनन्। उनीहरुलाई घरमै अनैतिक सम्बन्ध राख्न छुट जस्तै भयो। त्यसपछि उनीहरुको सम्बन्धले निरन्तरता पायो। अनैतिक सम्बन्धकै क्रममा बुहारी अम्बिसरा गर्भवती भइन्।
बच्चालाई यो १ फिट गहिरो खाल्डोमा गाडिएको थियो ।

गर्भवती भए पनि यो परिवारको दिनचर्यामा कुनै फरक परेन। त्यो घरबाट ४५ मिनेटको दूरीसम्म आसपासमा अन्य कुनै घर छैन। जसका कारण अम्बिसरा गर्भवती भएको परिवारबाहिरका अरुले कमै थाहा पाए। परिवारले केही नबोल्ने र अरुले थाहा नपाएका कारण बच्चा हुर्कँदै गयो। गएको चैत सात गते बच्चा जन्मने समय पुगेपछि अम्बिसरालाई बेथा लाग्यो। बेथा लागेपछि ससुरा बुहारी घरबाट निस्के र घरदेखि डेढ सय मिटर माथि जंगलमा गए। जंगलमै अम्बिसराले छोरालाई जन्म दिइन्। छोरा जन्मेपछि दुवैजना मिलेर छोराको हत्या गरेर जंगलमै ढुंगाको कापमा खाल्डो खनेर गाडे। बच्चा गाडिसकेपछि दुवै जना घर फर्किए र नियमित दिनचर्यामा लागे। प्रहरी गाउँमा पुग्दा पनि सुत्केरी अम्बिसरा घरको काम गर्दै गरेको अवस्थामा भेटिएकी थिइन्।
गाडेको ठाउँमा यसरी पात पतिङ्गरले छोपिएको थियो 

बच्चा जन्मेको केही दिनमै गाउँमा प्रहरीको गस्ती टोली पुग्यो। गस्ती टोली पुग्दा अम्बिसराको व्यवहार सुत्केरीको जस्तो देखिने तर बच्चा घरमा नभएपछि प्रहरीलाई थप शंका लाग्यो। शंकाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा बच्चा मारेर फालेको हुन सक्ने पर्याप्त आधार प्राप्त गर्‍यो। त्यसपछि माथा प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पामा खबर गर्‍यो। सोही अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाको नेतृत्वमा प्रहरी टोली परिचालन भयो। सिम्खडाकै नेतृत्वमा जिल्ला र माथा चौकीको संयुक्त प्रहरी टोलीले बच्चा गाडेर फालेको शंका गरिएको ठाउँमा खनेर हेर्‍यो। खन्दा खाल्डोबाट मृत बच्चाको शव प्राप्त भयो।
यस्तो थियो बच्चा गाडेको ठाउँ

बच्चाको शव भेटिएपछि प्रहरीले दुवै ससुरा बुहारीलाई नियन्त्रणमा लिाएर जिल्ला प्रहरी कार्यालयमा ल्यायो। अनुसन्धानको सुरुको चरणमा दुवैले बच्चा मृत अवस्थामा जन्मिएको र आफूहरुले गाडेको बताएका थिए। तर पछि उनीहरुले बच्चा जिउँदै जन्मिएको र पछि आफूहरुले मारेर गाडेको प्रहरीसमक्ष स्वीकारेका बताइएको छ। उनीहरुलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको पाल्पाका प्रहरी प्रमुख डिएसपि सुमनकुमार तिम्सिनाले जानकारी दिए। सुत्केरी अम्बिसरालाई महिला सेलमा राखेर स्याहार गरिएको छ। प्रहरीले उनको सुत्केरी अवस्थालाई ख्यालमा राखेर स्याहार गर्ने र अनुसन्धान पनि अगिाडी बढाउने गरेको डिएसपी तिम्सिनाले बताए ।