पाल्पामा ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको छोरालाई मारेर गाडियो (तस्वीर र भिडियोसहित)
- गएको चैत सात गते बच्चा जन्मने समय पुगेपछि अम्बिसरालाई बेथा लाग्यो। बेथा लागेपछि ससुरा बुहारी घरबाट निस्के र घरदेखि डेढ सय मिटर माथि जंगलमा गए। जंगलमै अम्बिसराले छोरालाई जन्म दिइन्। छोरा जन्मेपछि दुवैजना मिलेर छोराको हत्या गरेर जंगलमै ढुंगाको कापमा खाल्डो खनेर गाडे।
![]() |
| पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको बच्चाको शव । |
टेकनारायण भट्टराई, (करुवा), ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको बच्चालाई मारेर गाडेको अभियोगमा पाल्पा प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ। गोठादी–८ दमारका ५३ वर्षीय ससुरा तिलबहादुर रेश्मी र उनकी आफ्नै बुहारी २६ वर्षकी अम्बिसरा रेश्मीले यसरी बच्चा जन्माएर मारेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइ आवश्यक अनुसन्धान भइरहेको छ।
![]() |
| यसरी पोको पारेको अवस्थामा भेटिएको थियो बच्चाको शव । |
गाउँमा उनीहरुको क्रियाकलाप शंकास्पद लागेको सुराक पाएर प्रहरीले छानबिन सुरु गरेको थियो। झडेवाको माथा प्रहरी चौकीबाट गएको हवल्दार सन्तोष रेग्मी नेतृत्वको गाउँ गस्ती टोलीले शंका लागी छानबिन गर्दा उनीहरुले बच्चा जन्माएर मारेको तथ्य फेला परेको थियो। बच्चा मारेको पुष्टि हुने आधार पाएपछि माथा चौकीले जिल्ला प्रहरी कार्यालय पाल्पामा खबर गरेको थियो। त्यसपछि जिल्लाबाट प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाको नेतृत्वमा गएको प्रहरी टोलीले गाडेको ठाउँमा खनेर बालकको शव भेट्टाएको हो। शव कालो झोलामा पोको पारेर गाडेको अवस्थामा थियो। शव जिल्ला अस्पताल पाल्पा ल्याएर पोष्टमार्टम गरिएको छ।
भिडियोमा हेर्नुहोस् यसरी खनेर निकालियो गाडिएको बच्चाको शव -
यसरी भयो घटना
दमार गाउँमा पक्राउ परेका रेश्मी ससुरा बुहारीको घर जंगलको बीचमा छ। ठाउँ सुनसान छ। नजिक अन्य कुनै घर छैनन्। तिलबहादुरका जेठा छोरा अहिले अर्की श्रीमती बिहे गरेर तराइतिर बस्छन्। उनले जेठी श्रीमतीलाई घरमै छाडेर अर्की श्रीमती लिएर गएपछि ससुरा बुहारीबीच अनैतिक सम्बन्ध सुरु भएको बुझिन्छ। ससुरा तिलबहादुरकी श्रीमती पनि छिन्। उनका कान्छा छोरा विदेशमा छन् र १२ वर्षकी छोरी घरमै छिन्। आफ्ना पतिको बुहारीसँग अनैतिक सम्बन्ध भएको तिलबहादुरकी श्रीमतीलाई पनि थाहा थियो तर उनी केही पनि बोलिनन्। उनीहरुलाई घरमै अनैतिक सम्बन्ध राख्न छुट जस्तै भयो। त्यसपछि उनीहरुको सम्बन्धले निरन्तरता पायो। अनैतिक सम्बन्धकै क्रममा बुहारी अम्बिसरा गर्भवती भइन्।
![]() |
| बच्चालाई यो १ फिट गहिरो खाल्डोमा गाडिएको थियो । |
गर्भवती भए पनि यो परिवारको दिनचर्यामा कुनै फरक परेन। त्यो घरबाट ४५ मिनेटको दूरीसम्म आसपासमा अन्य कुनै घर छैन। जसका कारण अम्बिसरा गर्भवती भएको परिवारबाहिरका अरुले कमै थाहा पाए। परिवारले केही नबोल्ने र अरुले थाहा नपाएका कारण बच्चा हुर्कँदै गयो। गएको चैत सात गते बच्चा जन्मने समय पुगेपछि अम्बिसरालाई बेथा लाग्यो। बेथा लागेपछि ससुरा बुहारी घरबाट निस्के र घरदेखि डेढ सय मिटर माथि जंगलमा गए। जंगलमै अम्बिसराले छोरालाई जन्म दिइन्। छोरा जन्मेपछि दुवैजना मिलेर छोराको हत्या गरेर जंगलमै ढुंगाको कापमा खाल्डो खनेर गाडे। बच्चा गाडिसकेपछि दुवै जना घर फर्किए र नियमित दिनचर्यामा लागे। प्रहरी गाउँमा पुग्दा पनि सुत्केरी अम्बिसरा घरको काम गर्दै गरेको अवस्थामा भेटिएकी थिइन्।
![]() |
| गाडेको ठाउँमा यसरी पात पतिङ्गरले छोपिएको थियो |
बच्चा जन्मेको केही दिनमै गाउँमा प्रहरीको गस्ती टोली पुग्यो। गस्ती टोली पुग्दा अम्बिसराको व्यवहार सुत्केरीको जस्तो देखिने तर बच्चा घरमा नभएपछि प्रहरीलाई थप शंका लाग्यो। शंकाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा बच्चा मारेर फालेको हुन सक्ने पर्याप्त आधार प्राप्त गर्यो। त्यसपछि माथा प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पामा खबर गर्यो। सोही अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाको नेतृत्वमा प्रहरी टोली परिचालन भयो। सिम्खडाकै नेतृत्वमा जिल्ला र माथा चौकीको संयुक्त प्रहरी टोलीले बच्चा गाडेर फालेको शंका गरिएको ठाउँमा खनेर हेर्यो। खन्दा खाल्डोबाट मृत बच्चाको शव प्राप्त भयो।
![]() |
| यस्तो थियो बच्चा गाडेको ठाउँ |
बच्चाको शव भेटिएपछि प्रहरीले दुवै ससुरा बुहारीलाई नियन्त्रणमा लिाएर जिल्ला प्रहरी कार्यालयमा ल्यायो। अनुसन्धानको सुरुको चरणमा दुवैले बच्चा मृत अवस्थामा जन्मिएको र आफूहरुले गाडेको बताएका थिए। तर पछि उनीहरुले बच्चा जिउँदै जन्मिएको र पछि आफूहरुले मारेर गाडेको प्रहरीसमक्ष स्वीकारेका बताइएको छ। उनीहरुलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको पाल्पाका प्रहरी प्रमुख डिएसपि सुमनकुमार तिम्सिनाले जानकारी दिए। सुत्केरी अम्बिसरालाई महिला सेलमा राखेर स्याहार गरिएको छ। प्रहरीले उनको सुत्केरी अवस्थालाई ख्यालमा राखेर स्याहार गर्ने र अनुसन्धान पनि अगिाडी बढाउने गरेको डिएसपी तिम्सिनाले बताए ।





0 comments:
Post a Comment
We love your Feedback