
हेडफोन अथवा इयर फोन लगाउदै गीत सुन्नु वा कल गर्नु र ब्लुतुथ मार्फत कनमा डिभाइस लगएर यि कार्य गर्नु युबहरुको फेसन सरहनै भएको छ । तर साबधान ! यस्ता कार्यहरु निकै घातक साबित हुन सक्छन । खासगरी पछिल्लो समयमा हेडफोनको प्रयोग गर्ने ब्यक्तिहरु सडक दुर्घटनामा पर्ने र कान नसुन्ने समस्याबाट पीडित बन्दै गएको तथ्यङ्कले देखाएको छ ।
इन्टनेशनल लन्गेविटी सेन्टरका अनुसार हलसम्म यसै कारण कारीब एक करोड भन्दा धेरै मानिषहरु प्राभित भाईसकेका छन र सन २०३१ सम्मा यो संख्या लगभग डेढ गुणा बढेर १।५ करोड पुग्ने अनुमान छ । हेडफोनको निरन्तर प्रयोग र चर्को आवाजमा संगीत सुन्ने गरेका युवा पुस्तामा कान नसुन्ने समस्या बढ्दै गएको पनि उक्त संस्थाको निष्कर्ष छ ।
कानले कसरी काम गर्छ वा हामी कसरी सुन्छौ ?
कानको बाहिरी भाग, मध्य भाग र भित्री भाग गरी तीन भागहरु हुन्छन । कानको बहिरी भागमा रहेको 'इअर ड्रम' अर्थात कनको पर्दामा आवाज पर्नासाथ त्यसले एउटा कम्पन पैदा गर्छ । यो 'इअर ड्रम' को मध्य भगमा तिनवटा धेरै साना हाड हुन्छन र त्यो कम्पन पैदा गर्न मुख्य भूमिका खेल्छन । आवाज आए पछी ति तीन हाडमा एउटा गती पैदा हुन्छ र त्यही गतिले नै कनको भित्री भागमा रहेको 'हेयर सेल्स' अर्थात सुन्ने कोशहरुमा कम्पन पैदा गर्छ । जो हाम्रो स्नायुको मदतमा हाम्रो दिमाग सम्म पुग्छ । त्यसपछी दिमगले त्यस आवाज लाई महसुस गर्छ र हामी सुन्न सक्छौ ।
किन हुन्छ कान कम सुन्ने समस्या ?
कानको बाहिरी भागमा खरावी हुँदा सुन्ने क्षमतामा असर पर्छ ।
अत्याधिक ठूलो आजावमा हेडफोन सुन्दा वा ठूलो आवाज सुन्दा बाहिरी भागको कानको पर्दा क्षतिग्रस्त हुन पुग्छ । यसले हेयर सेल्समा नोकसान पुग्छ र विभिन्न समस्या देखा पर्छन् । खासगरी उमेर ढल्किँदै जाँदा कम सुन्ने वा सुन्दै नसुन्ने समस्या देखिन्छ ।
कसरी थाहा पाउने
कानमा असर परेको लक्षण शुरुमा देखिँदैन । तर हल्लामा आवाज स्पष्ट नसुन्ने र सामान्य कुराकानीमा पनि विच विचमा शब्द छुटेको जस्तो हुने कानमा समस्या भएका लक्षण हुन् । चर्को आवाजमा टिभी खोल्ने र रेडियो आवाज चर्को पार्दा कानमा असर पर्छ ।
के सावधानी अपनाउन सकिन्छ
हेडफोनको प्रयोग गर्ने बानी छ भने निरन्तर ६० मिनेट भन्दा बढी नसुन्नुस् । ६० मिनेट पछी केही बेर ब्रेक लिएर मात्र प्रयोग गर्नुस् । यसो गर्दा कानलाई आराम हुन्छ । फुल भोल्युममा ५ मिनेट भन्दा बढि हेडफोन नसुन्नुस् ।
खतरनाक ईयरफोन
पछिल्लो समयमा बजारमा आएका इयर फोनमा बेस बढी राखेर डिजाइन गरिएको हुन्छ । यसले बाहिरी आवाज त रोक्छ तर भित्र भने कानमा बढी असर गर्छ । यस्ता हेडफोनमा रवरको प्लग हुन्छ जस्ले बाहिरको हल्ला रोकेर भित्रको आवाजमात्र बढाउँछ ।
कति खतरनाक ?
यस्ता रवर प्लग भएका हेडफोनमा कानको प्वालमा पुरै हावा ब्लक गर्छ । यसको आवाजले कानको पर्दामा दवाव पैदा गर्छ । यसले कानमा निक्कै असर पर्ने चिकित्सकहरुको भनाइ छ । लामो समय सम्म हेडफोन लगाउँदा कान दुख्ने समस्या समेत हुन्छ ।
0 comments:
Post a Comment
We love your Feedback