
आँखा हाम्रो सरिरको सभैभन्दा महत्वपूर्ण अंग हुनुको साथै अत्यन्त सम्बेदनसिल अंग पनि हो । आँखाको रेख-देख निकै जरुरी हुन्छ तर त्यती ग्राहो काम चाँही होइन । तर पनि बिभिन्न कारणले यसमा समस्या आउन सक्छन, त्यस्तै एउटा निकै घातक समस्या हो मोतिबिन्दु । यो एउटा खतरनाक रोग हो जसले हाम्रो दृष्टि नै गुम्ने खतरा पैदा गर्छ ।
मोतिबिन्दुको उपचार समय रहदै गर्नु अत्यन्त आवश्यक हुन्छ । नत्र आँखानै गुमाउन पर्ने पनि हुन सक्दछ । त्यसैले यसको हेरचार गर्न कुनै असबधानी नअपनाउनुहोला जसले तपाईंलाई दृष्टिबिहिन बनाओस । आउनुहोस् जानौ मोतिबिन्दुको बारेमा । जब आँखाको नानीको नजिक निलो वा सेतो रङको पानी जम्न थालदछ त्यो बिस्तारै बढ्न जान्छ र अन्तयमा पुरै आँखा काम नलाग्ने गराइदिन्छ ।
यसले पिडितमा बिस्तारै नजर कमजोर हुने र उपचार नपाएमा पुरै दृष्टि जाने लक्षन देखा पर्छ । साधरणतया चालिस बर्षको उमेरदेखी मोतिबिन्दुका लक्षण धेरै देखा पर्दछन । समयमै उपचार् गर्नाले यो रोग पूर्ण रुपमा निको पनि हुन्छ । जसले तपाईंको सुन्दर आँखा जोगिन सक्छ ।
मोतिबिन्दुका कारणहरु
मोतिबिन्दु हुने बिभिन्न कारणहरु हुन्छन । त्यसमा रोग एक मुख्य कारण हुनसक्दछ । मधुमेहको समस्या झेलिरहेका ब्यक्तिहरुमा यसको जोखिम अधिक रहन्छ । त्यस्तै पुरानो घाऊ अर्को कारण हो । साथै आखामा लाग्ने चोटपटक, गर्मिको कु-प्रभाब, इन्फेक्सन र निरन्तरको धुवा तथा प्रदुशण यसका मुख्य कारक तत्व हुन । यसका कारणहरु यसपरकार छन:
- लामो समय सम्मको आँखा सुन्निनु
- जन्मदै आँखा सुन्निनु र त्यो लामो समय रहनु
- आँखाको नानीमा कुनै इन्फेक्सन हुनु वा घाऊ हुनु
- धेरै कडा उज्यालोमा लामो समय काम गरिरहनु
- गठिया हुनु
- किड्निको समस्या वा किड्निमा जलन हुनु
- लामो समय बल्झिरहने पायल्स हुनु
- आँखा सम्बन्धी गम्भिर रोग आदी ।
मोतिबिन्दुका लक्षणहरु:
सामान्यता मोतिबिन्दुका लक्षणहरुमा दृष्टि कमजोर हुनु, आँखाको नानी वारी-परी निलो वा सेतो धब्बाजस्तो देखिनु र दृष्टि गुम्नुनै हुन ।
- सुस्त-सुस्त दृष्टि कमजोर हुँदैजानु
- काडा उज्यालोमा हेर्दा वारी-पारी रङिन घेराजस्तो देखिनु
- प्राय हिजहरु कालो, पहेलो, हरियो वा रातो देखिनु आदी यो रोगका लक्षण हुन ।
सरल उपचार बिधी:
- आफ्ना दुबै हत्केलालाई आखामाथि हल्का तरिकाले राख्नुहोस् ताकी आँखाको नानीमा धेरै प्रेसर नपरोस तर हल्का दबाब बनाओस ।
- अमलाको प्रयोग : अंअला आँखाको रोगमा एउटा निकै उपयोगी बुटी हो । मोतिबिन्दुको समस्यामा पनि यसलाई प्रयोग गर्न सकिन्छ । हरेक दिन बिहान दस ग्राम अमलाको ताजा रसमा त्यती मात्रामै सुद्ध मह मिसाएर सेवान गर्नाले मोतिबिन्दु बढ्न रोक्छ ।
- फर्सिको प्रयोग : दिनहु दुई पटक फर्सिको ताजा फुलको रस आँखामा राख्दा मोतिबिन्दुमा आराम मिल्छ ।
- सलदको सेवन : दैनक खानामा सलादको प्रयोग अवस्य गर्नुहोस् । यसले मोतिबिन्दुको समस्या कम् त गर्छनै आँखा तथा अन्य स्वास्थ्य सम्बन्धी समस्या पनि निर्मुल गर्छ । सलादमा पाइने बिभिन्न तत्वहरु(भिटिमिन, मिनरल्स आदी) ले हाम्रो रोग प्रतोरोधी क्षमता पनि बिर्द्दी गर्छ ।
- गाजल लगाउनु : कालो सुद्द गाजलको प्रयोगले आँखाको सुन्दरता बढाउने मात्र होइन यसले मोतिबिन्दुमा समेत लाभ पुर्याउछ ।
- योगासन : माथि उल्लेख गरिएका उपायहरुको साथै योग गर्नु पनि आँखाकोलागी लाभकारी हुन्छ । सिर्शासन, पद्मासन तथा आँखाको ब्यायमा गर्नाले मोतिबिन्दुमा लाभ हुन्छ ।
- आँखाको ब्यायम : सजिलो आसनमा बसेर आँखालाई राम्रो सँग दाँया-बाया फेरी ताल-माथि राम्रोसँग घुमाउनुहोस । यो कृया कम्तिमा १० पल्ट हरेक दिन दोहोराउनुहोस ।
यि टिप्सहरु बिभिन्न अनलाइन हरुमा खोज गरी तयार पारीएकोहुँदा मोतिबिन्दु जस्तो गम्भिर रोगमा टिप्सहरुको मात्र भर नपरी राम्रो अप्टिसियन ( आँखाको डाक्टरको ) सल्लाह अवस्य लिनुहोस् । तपाईंको सुन्दर आँखा सधैं बचाउनुहोस ।
0 comments:
Post a Comment
We love your Feedback