Thursday, December 14, 2017

बेल्ट लगाउदा कतै तपाईंपनि यि ज्यानलेवा गल्तिहरु त गरिरहनुभएको छैन ? ख्याल गर्नुहोला

साझा पार्क, स्वास्थ्य डेस्क | बेल्ट अर्थात कम्मरपेटी ! हरेक पुरुसले हरेक समय लगाउने एक पहिरन । यसले सारिरिक सुन्दरता बढाउनुको साथै शरीरअलाई आड दिने काम पनि गर्दछ । सुन्दर कम्मरपेटिले लगएको पहिरनमा निखारता ल्याउछ । हाल कम्मरपेटी हरेक पुरुष र महिलाको अत्यन्त नजिकको साथी बन्न पुगेको छ । तर ख्याल गर्नुभएको छ ? यही कम्मरपेटी लगाउदा गरिने गल्तिले ज्यानै पनि जान सक्छ । यहाँ त्यस्तै गल्तिहरुको बारेमा व्याख्या गरिदै छ ।

आयुरबेदका ज्ञाता डा. श्री अबरार मुल्तानी भन्नुहुन्छ यदी तपाईंलाई आवश्यक नभएसम्म सुन्दरताको लागि मात्र बेल्ट नलगाउनुहोस ।

यि हुन दिनहु टाइट बेल्ट लगाउदा हुने केही नोक्सानीहरु:

प्राय मानिसहरुको आदत कम्मरमा बेल्ट लगाउने हुन्छ । जसले पेटको नसा दबिरहन्छ । फलस्वरूप पेल्विक एरियामा रहने महत्वपूर्ण अंगहरु जस्तै अर्टरी, हद्दिहरु, अन्द्रा तथा माम्सपेसिहरुमा प्रेसर पारीरहन्छ । जसले गर्दा पुरुसहरुमा स्पर्म काउन्ट घट्न जान्छ र बांझोपनको समस्या देखा पर्न पनि सक्दछ ।

कोरीयामा गरिएको रिसर्चमा पत्तालागे अनुसार लगातार बेल्ट लगाउनले माम्सपेसिहरुमा निरन्तर दबाब बढ्नजादा त्यसको काम गर्ने तरिकामा परिवर्तन आउने देखिएको छ । जसले मसल दुख्ने समस्या पनि देखिएको छ । यसका अलवा लामो समय टाइट बेल्ट लगाउदा ढाडको हद्दिमा पनि समस्या देखिन सक्छ । जसले कम्मरको दु:खाइ, ढाड दुख्ने जस्ता समस्या आउने देखिएको छ । त्यसको अलवा यसको अर्को नराम्रो पक्ष भनेको हाम्रो सरिरको सेन्टर अफ ग्राभिटीमा परिवर्तन आउने देखिएको छ । जसको कारण हाम्रो सरिरको ब्यालेन्स बिग्रन जदा घुडा तथा अन्य जोर्निमा बढी दबाब पर्न जान्छ र घुडा तथा जोर्नी दुख्ने समस्या देखिन्छ ।

यसका अलवा यसले गर्दा:

- हाम्रो डाइजेसन सिस्टममा खराबी आउन सक्छ । अपच, ग्यासको समस्या तथा गम्भिर समस्यापनी आउन सक्छ ।

- एसिडिटी को समस्या देखिन्छ ।

- कब्जियत बढ्न जान सक्छ ।

- खुट्टाका हड्डिहरु कमजोर हुन सक्दछन ।

- स्पर्म काउन्ट कम हुनजादा पुरुसहरुमा बाझोपनको समस्या आउन सक्छ ।

- खुट्टा फर्किने र दुख्ने समस्या आउन सक्छ ।

- ढाड तथा काम्मर दुख्ने समस्या आउने ।

त्यसैले बेल्ट लगाउदा कहिलेपनी कसिलो गरी नलगाउनुहोला । साथै घर भित्र या यस्तै ठाउमा हुँदा खुल्ला कपडा लगाउनुहोला । बेल्ट नलगाउनुहोला र बाहिर निस्किदा र बेल्ट लगाउनै पर्ने भएमा मात्र बेल्ट लगाउनुहोला त्यो पनि टाइट नगरिकिन ।

0 comments:

Post a Comment

We love your Feedback