Monday, December 4, 2017

मेथिको दाना यसरी सेवान गर्दा पाईन्छ १० चमत्कारीक फाईदाहरु | अवस्य प्रयोग गर्नुहोस

साझा पार्क, स्वस्थ टिम:- मेथिको दानामा प्रशस्त न्यूट्रीएन्ट्स पाईन्छ । यसलाई राती भिजाएर बिहान खाली पेट चपाएर खाँदा र बचेको पानी पिउँदा कयौँ स्वास्थ्य समस्यामा उपयोगी मानिन्छ । मेथीदानाले तपाईंमा भोक बढाउँछ र यसको नियमित सेवनले सरिरको पित्त, वात, कफ र ज्वरोको समस्या हटाउछ । यसमा आइरन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, जिंक, फोस्फोरस, फोलिक एसिड जस्ता मिनरल्सको साथै भिटामिन A, B, र C पनि पाईन्छ । यसको साथै यसमा भरिपूर्ण मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, शुगर, फोस्फोरस एसिड जस्ता न्यूट्रीएन्ट्स जस्ता हाम्रो सरिरलाइ स्वस्थ राख्ने तत्वहरु पनि पाईन्छ ।

केवल आधा चम्चा मेथिको दानाको सेवानले पाउनुहुनेछ यि १० चमत्कारीक फाईदाहरु :-

१- मेथिदनाको नियमित सेवनले पुरुष तथा महिलामा हुने बांझोपनको समस्या कम गर्दछ । यसले पुरुसको स्पर्म काउन्ट र क्वालिटी पनि राम्रो हुन्छ भने महिलाहरुमा डिम्बको उत्पादन र एबजर्सनको क्षमता पनि बृदि गर्दछ ।

२- किड्नी स्वस्थ राख्छ:

मेथिदानाको सेवनले शरीरबाट विषाक्त पदार्थ निकालेर किड्नीलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

३-ग्यास्ट्रिकको समस्या कम गर्छ :

मेथिदनाको नियमित रूपमा सेवनले ग्यास्ट्रिक समस्याबाट बचाउँछ । यसले पेट पोल्ने र एसिडिटीको समस्या कम हुन्छ ।

४-मधुमेह नियन्त्रण :

मेथिदानामा पाईने सोल्यूबल फाइबर्स ब्लड शुगरलाई नियन्त्रण गरी डायबिटीजको खतरालाई घटाउँछ । यसले मधुमेहको जटिलता कम गर्दछ ।

५-हर्ट अट्याकबाट बचाउँछ :

मेथिदनामा पाईने गेलाक्टोमेनन र पोटाशियम BP नियन्त्रण र हर्ट अट्याकबाट बचाउन मद्दत गर्छ ।

६-स्वस्थ पाचन प्राणली:

भिजाएको मेथिदनाको सेवनले डाइजेशनमा सुधार आउँछ । कब्जियत लगायत अन्य समस्यालाई हटाउन मद्दत गर्छ ।

७-स्वस्थ त्वचा :

मेथीदानाको सेवनले शरीरबाट विषाक्त पदार्थलाई निकालेर त्वचालाई स्वस्थ बनाउँछ । खटिरा-बिबिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँछ ।

८-कालो एवम् बाक्लो कपाल :

दिनहुँ बिहान नियमित रूपमा भिजाएको मेथिदाना खाँदा कपाल चाँडो सेतो हुँदैन । कपाल झर्ने समस्या पनि रोकिन्छ ।

९-पाइल्सको समस्या कम गर्छ :

मेथीदानाको सेवनले डाइजेशनमा सुधार ल्याउँछ, जसले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँछ । यसले पाइल्सको समस्याबाट मुक्ति दिन्छ ।

१०-पिसाब सम्बन्धि समस्यामा उपयोगी :

मेथिदानाको सेवनले बढी पिसाब लाग्ने वा यूरिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्न मद्दत गर्छ ।

0 comments:

Post a Comment

We love your Feedback