Tuesday, November 28, 2017

बिहान उठेदेखी साझसम्म यि नौ नियम पालन गर्नुहोस कहिले बिमार हुनु पर्दैन !

साझापर्क स्वास्थ्य डेक्स | आयुर्बेद हाम्रो पुर्बिय संस्कृतिको एउटा अभिन्न पाटो हो । पस्चिमा चिक्सापद्दतिको बिकास र लोकप्रियता सांगै यो केही ओझलमा पर्न गएको थियो तर अहिले यो फेरी लोकप्रिय हुँदै गएको छ । यो हाल लोकप्रिय त बनेको छ नै यो धेरै हद सम्म प्रभाबकारी पनि छ । यसका नियम तथा पद्दतिहरु पालना गर्नाले हामी हालको स्वास्थ्य समस्याबाट त मुक्त हुन्छौ नै साथै हामी आगामी दिनमा पनि स्वास्थ्य हुन्छौ किनकी यसले हामीलाई रोग बिरुद्द लड्ने शक्ती पैदा गर्छ र रोग लाग्नै दिदैन ।

कुनै कुरा पाउन केही त गर्नै पर्छ । हाम्रो नेपाली उखाननै छ नि 'भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहुन मिल्दैन' भनेर । त्यस्तै आयुर्बेदको माध्यम बाट स्वस्थ हुन पनि यसका केही नियम भने पालना गर्नै पर्छ । तर ति नियम त्यती ग्राहो वा पालन गर्न धेरै धन वा समय खर्च गर्न पर्ने हुँदैन । केबल सामान्य समय निकालेर सजिलै घरमै ति नियम पालना गर्न सकिन्छ ।

स्वास्थ्य हुने मन कसको पो हुँदैन र ? हामी जन्मदा प्राय: स्वस्थ नै जन्मिन्छौ । तर हामी पछी अस्वस्थ हुँदै जान्छौ । कारण हाम्रो अस्वस्थकर जिबन्सैली, खराब खान्-पान, प्रदुसण र केही बाह्य कारणले गर्दा हामी अस्वस्थ हुन जान्छौ । हाम्रो शरीर पनि एक प्रकारको जिवित मेसिननै हो । जसरी मेसिनलाई चालु राख्न त्यसलाई नियमित मर्मत गर्नु पर्छ त्यसै गरी हाम्रो सरिरलाइ स्वस्थ राख्न पनि नियमित यसको मर्मत गर्नु पर्छ । त्यसैको माध्यम बाट हामी स्वस्थ हुन्छौ । हामी स्वस्थ हुन यहाँ केही आयुरबेदका केही अचुक नियम प्रस्तुत गरिदै छ । यि ९ नियम आयुर्बेद बिग्य डा. श्री अबरार मुल्तानीले बताउनुभएको हो । उहां भन्नुहुन्छ यि नौ नियम दैनिक पालना गर्नाले हामी सधैं स्वस्थ र स्फ्रुत रहन सक्छौ । जुन नियम यस प्रकार छन:

नियम १ - दिनभर पुरा फोक्सो भरिनेगरी श्वास लिनुहोस् । लामो र आरमदाइ श्वास-प्रश्वासले हाम्रो सरिरमा अक्सिजनको मात्रा ब्रिद्दि गर्छ, यसले कोशीकाहरु स्वस्थ हुन्छन । जसले हाम्रो स्वास्थ्यमा सकारत्मक फाईदा पुर्‍याउनुको साथै सुन्दरता तथा चमक बढाउन मद्दत् गर्छ । साथै लाम्रो स्वासले फोक्सोलाई पनि स्वस्थ बनाउछ र श्वास-प्रश्वास सम्बन्धी रोग बिरुद्द लड्ने शक्ती पनि बढाउछ ।

नियम २ - दिनहु कम्तिमा २ कप मनतातो पानी पिउनुहोस । बिहान र साझ कम्तिमा १-१ गिलास मन तातो पानी पिउनाले हाम्रो स्वास्थ्यमा निकै सकारात्मक् परिवर्तन ल्याउछ । यसले हामीलाई चिसो सम्बन्धी समस्या, प्रदुसणका कारणले हुने श्वास-प्रश्वास सम्बन्धी समस्या, पेटका समस्याहरु, र मुटु सम्बन्धी समस्या कम गरिदिन्छ । मनतातो पानीको सेवनले हाम्रो डाइजेसन सिस्टमलाई मजबुत बनाउछ र ग्यास्ट्रिक, अल्सर जस्ता रोग निर्मुल गर्छ ।

नियम ३ - बिहान ७-९ बजेको बिचमा नास्ता अवस्य गर्नुहोस । हरेक दिन बिहान ७-९ बजेको समयमा नास्ता गर्ने बानी बसाल्नुहोस् । यसले हाम्रो पेट धेरै समय खाली रहन पाउदैन जसले पेट सम्बन्धी रोग लाग्न दिदैन । साथै यसको मुख्य फाईदा हाम्रो ब्रेन एक्टिव रहन्छ र हाम्रो सोच्ने र सम्झने सक्ती बढ्न जान्छ । बिहान यो समयमा नास्ता गर्नाले हाम्रो सरिरमा एनर्जी लेभल पनि नियमित रहन्छ र फुर्ती पैदा गर्छ । साथै यसले मधुमेह, ग्यास्ट्रिक, रक्तचाप जस्ता समस्यामा पनि राहत प्रदान गर्छ ।

नियम ४ - सहि समयमा सहि खाना खानुहोस । सहि समयमा सहि खानाको अर्थ हरेक दिन पेट खाली हुने समयमा भोजन गर्नुहोस । र सहि खानाको अर्थ कहिलेपनी धेरै चिज मिसाएर खाने बानी नगरनुहोस् । एक्पल्टमा एउटा मात्र खाना खानुहोस् । यसले हाम्रो सरिरमा शक्तिको निरन्तर आपुर्ती गर्छ साथै पेट सम्बन्धी समस्याबाट मुक्ती मिल्छ ।

नियम ५ - पानी उपयुक्त समयमा मात्र पिउनुहोस । पानी पिउदा केही कुरा मात्र ख्याल गर्नुहोस नत्र प्यास लागेको बेलामा पानी पिउन सक्नुहुन्छ । ति ख्याल गर्नै पर्ने कुराहरु हुन, खाना खानु भन्दा कारीब ३० मिनेट पहिला पानी पिउनुहोस्, खाना खाएको ४० मिनेट सम्म पानी नपिउनुहोस् र पानी पिउदा एकैपल्ट धेरै पानी नपिउनुहोस् र सुद्द पानी पिउनुहोस् ।

नियम ६ - खाने बित्तिकै केही कार्यहरु नगरनुहोस । खाना खाने बित्तिकै केही कार्यहरु गर्नुहुदैन ति कार्यहरु नगरनुहोस् । खाने बित्तिकै पानी नपिउनुहोस, धेरै मेहनत लाग्ने काम कहिले खाना खनासाथ गर्नु हुँदैन । खाना खनासाथ सुत्न र नुहाउन पनि हुँदैन । यि कार्य खाना खाएको केही समयपस्चात मात्र गर्नुहोस ।

नियम ७ - घाममा ३० मिनेटको समय । हरेक दिन घाममा (सम्भव भए सम्म मधुरो घाम, प्राय बिहानको) आधा घण्टा बिताउनुहोस् । यसले हाम्रो सरिरमा भिटामन डि को आपुर्ती बढाउछ । साथै घाममा रहनाले शरीर दुख्ने समस्या पनि कम हुन्छ र रक्तसन्चार सबल गराउछ । जसले हाम्रो स्वास्थ्यमा आमुल परिवर्तन ल्याउछ ।

नियम ८ - रिढको ढाड सिधा राख्नुहोस । दिनभर ढाडको पोस्चर सिधा राख्नुहोस । यसले ढाड तथा कम्मर दुख्ने समस्या हराएर जान्छ । साथै तपाईंलाई थकान कम गर्छ र सरिरमा फुर्ती पैदा गर्छ । त्यसैले सधैं आफ्नो ढाड सिधा राख्ने कोशीस गर्नुहोला ।

नियम ९ - सहि सुताइ तथा निद । हरेक दिन ८ देखी ९ घण्टा मस्त सुत्ने गर्नुहोस् । यसले हाम्रो सरिरलाइ रिचार्ज गर्छ । पुरा निदले हाम्रो सरिरको साथै ब्रेनलाई समेत आरम मिल्छ । यसले हरेक अंग फिट हुन्छन । साथै सुत्ने बिस्तार साधारण तर सिधा भएर सुत्न मिल्ने बनाउनुहोस् । बेडरुममा हाबा खेल्ने बातावरण बनाउनुहोस । उचित भेन्टिलेसन वा एक्जिट फ्यानको प्रयोग गर्नुहोस ।

यि नियमहरु दिनहु पालाना गर्नाले हामीलाई स्वस्थ रहन मद्दत् गर्छ साथै पुराना रोग बिरुद्द पनि लड्ने शक्ती पैदा गर्छ । स्वास्थ्य नै धन हो त्यसैले यि नियमहरु तपाईंले पनि हरेक दिन प्रयोग गर्नुहोस र आफन्त तथा साथी-भाइलाई पनि प्रयोग गर्न सल्लाहा दिन नभुल्नुहोस ।

0 comments:

Post a Comment

We love your Feedback