Carrot Juice

Carrot Juice

health with fruits

health with fruits

Love

Love

Fresh Veggies

Fresh Veggies

I am Healthy

I am Healthy

Showing posts with label पानी. Show all posts

Thursday, March 26, 2015

सधैं स्वास्थ रहन पानी पिउने सहि समय र सहि तरिका जानी रखौ ||

पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ।

पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानी सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ ।

यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो । हाम्रो शरिर रचनामा सर्वाधिक ९६० – ७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो ।

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । पानिलाई जिवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ ।

विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता कृयाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याने काम पनि पानी ले नै गर्दछ । एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ ।

 शारीरिक पानीको दुइ तिहाई हिस्सा कोषहरु भित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागी लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जस मध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीर भित्रै उत्पन्न हुने गर्दछ ।

बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नु पर्दछ । यसै गरी हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर ४०० मिलि पानी श्वास सँगै घुलेर १५० मिलि पानी दिशा सँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ ।
पानी पिउनुका फाईदाहरुः-

- शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउछ ।

- उपापचयी क्रिया पश्चात जम्मा भएको युरीया, युरीक एसीड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईट नुनहरु र अन्य उत्पादहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउँछ ।

- ३० छालाको सौन्दर्यलाई जिवन्त राख्दछ ।

माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्दछ । कोषहरुमा हुने अक्सिडेटिभ स्टेस निवारण गर्न सहयोग गर्दछ ।

- पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठुलो भुमिका छ । पाचन पश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागी पनी पानीको आवश्यकता पर्दछ ।

- तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ ।

- यि रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्दछ ।

कति पिउने पानीः-

- पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसमा निर्भर गर्दछ । सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखी ४ लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागी १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।

- सामान्यतया पुरुष भन्दा महिलाहरुको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाहरुले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समुहका, गर्भीणी, बच्चालाई दुध चुसाई रहेकी महिलाहरुलाइ झन धेरै पानी पिउन आवश्यक छ ।

कसरी पिउने पानीः-

- तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सुचना हुनु हो त्यसैले तिर्खा लाग्नु भन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकै पटक धेरै पानी पिउनु पनी स्वास्थ्यको लागी राम्रो होईन ।

- बिहान उठ्ने बित्तिकै लगभग १२०० मिलि जती पानी पिउनु स्वास्थकर छ । यसो गर्दा रातभरी सुत्दा हुनसक्ने डिहाईड्रेशन ९निर्जलता० कम गर्न सहयोग गर्दछ ।

- ठोस भोजन गर्नु भन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टा पछिसम्म पानी पिउन हुदैन् । भोजन निल्न कठिन भएमा १० मिलि जती पानी लिन सकिन्छ तर भोजन लिई सकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ती कम हुन जाने हुँदा भोजन पचाउन कठीन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन् ।

- राती सुत्नु भन्दा अगाडी  प्रशस्त पानी पिएर सुत्ने गर्नु पर्दछ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन ।

- यसका अलवा दैनिक १–१ घण्टाको अन्तरालमा १ देखी २ ग्लास पानी पिई रहनु पर्दछ ।

- खेल्दा, कुद र परिश्रम गर्नु भन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरीरहेको समयमा वा श्रम पश्चात लगतै पानी पिउदा शरीरमा इलेक्ट्रोलाईट नुन हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनी आउन सक्छ । साथै श्रमको समयमा पानी पिउदा विश्राम गरीरहेको पाचन प्रणालीलाई अतिरिक्त दवाव पर्न जान्छ ।

- तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्गस तथा अन्य पेय होईन ।

- पिसाबलाई पहेलो हुन नदिउ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।

डा. हेमराज कोइराला

Thursday, March 19, 2015

पानी कतिबेला पिउने ? कती पिउने ? जानी रखौ पानी पिउने सहि तरिका

पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ।

 पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ ।