Sunday, September 25, 2016

पाकिस्तानले भारतलाई चेतावनी दिँदै भन्यो- हामी नेपाल र भुटान जस्तो लाचार होइनौं

काठमाडौं, ९ असोज । काश्मिरको उरी घटनापछि भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेको छ । दुबै देशको युद्ध गर्ने मनस्थितीमा पुगेको कुरा समेत आइरहेको छ । यही बेला भारत र पाकिस्तानका मिडियाबीच पनि प्रपोगाण्डा वार चलेको छ । जसमा नेपालको नाम पनि मुछिएको छ । पाकिस्तानको एक पत्रिका एक्सप्रेसले पाकिस्तान नेपाल भुटानको जस्तो लाचार होइन् भन्दै भारतलाई जवाफ दिन खोजेको छ । ‘हामी नेपाल र भुटान जस्तो लाचार छैनौं’ भारतलाई जवाफ दिंदै पाकिस्तानी सरकारका तर्फबाट पत्रिकाले भनेको छ– ‘हामी भारतसँग युद्ध गर्न तयार छौं तर पछाडि हट्दैनौं ।’ पत्रिकाले यदि पाकिस्तान परमाणु शक्ति सम्पन्न देश नभएको भए भारतले सैन्य कारवाही गर्न कतिपनि ढिला गर्ने थिएन् भन्दै तर, अझैपनि पाकिस्तानले युद्ध नचाहेको दाबी गरेको छ । उक्त पत्रिकाका अनुसार पाकिस्तानले युद्ध नचाहेको तर आफू भुटानी र नेपाली पनि नभएकाले पाकिस्तानको सरकार र जनता एकै भएर अगाडी बढ्ने चेतावनी दिएको छ ।

0 comments:

Post a Comment

We love your Feedback