
काठमाडौं । बदाम स्वादका साथै मानब स्वास्थ्यलाई लाभ पुर्याउने बिभिन्न गुणहरु हुने गर्दछ । बदामलाई सस्तो काजुपनि भनिन्छ । बदाम बिभिन्न प्रकारले उपभोग गर्न सकिन्छ । यसको तेलपनि स्वाद र स्वास्थ्यकोलागि एकदम प्रचलित छ । बदामलाई प्रोटीनको सबैभन्दा सस्तो बनस्पतिको रुपमा लिईन्छ । यसमा प्रोटिनको मात्रा मासु भन्दा दुई गुणा, अण्डामा भन्दा ३.८ गुणा, फलफूल भन्दा १२ गुणा हुन्छ । १०० ग्राम बदाममा एक लिटर दुध बराबरको प्रोटिन हुन्छ ।< बदाम आइरन,नियासिन, फोलेट, कैल्शियम र जिंकको राम्रो स्रोत मानिन्छ । थोरै मात्र बदामको दानामा ७४० क्यालरी,८ ग्राम कार्बोहाइड्रेट , ३० ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन ई,के ,र बी ६ को मात्रा पर्याप्त हुन्छ । यी हुन् बदामका दस फाइदा -: १. बदाममा तेलको मात्रा बढी हुनाले यसले पेटको बिमारीबाट बचाउछ । बदामको नियमित सेवनले कब्ज जस्तो समस्या हुदैन । साथै ग्यास र एसिडिटीको समस्याबाट राहत मिल्दछ । २. बदाम खोकीको लागि उपयोगी मानिन्छ । यसको नियमित सेवनले आमाशय र फोक्सोलाई मजबुत बनाउछ । पंचन शक्ति बढाउने र भोक नलाग्ने समस्या अन्ते गर्दछ । ३. गर्भवती महिलाले नियमित बदाम सेवन गरे गर्भको शिशुको विकासमा मद्दत पुग्दछ । ४. बदाममा ओमेगा-६ फ्याट भरपुर मात्रामा हुन्छ ।जो स्वस्थ कोशिका र सुन्दर त्वचाको लागि राम्रो हुन्छ ।तेसैले बदाम स्किन बनाउनको लागि पनि सेवन गरिन्छ । ५. खाना खाएपछि ५० वा १०० ग्राम बदाम नियमित खानाले शरीरलाई फाइदा हुन्छ र भोजन पचाउनका साथै शरीरमा रगतको कमी हुनबाट बचाउछ । ६. हप्ताको पाँच दिन बदाम खानाले मुटु रोगको खतराबाट बच्न सकिन्छ । ७ .बदाम खानाले कोलस्ट्रल कन्ट्रोल हुन्छ ।यसको सेवनले कोलस्ट्रलको मात्रामा ८.२ प्रतिशत हुन्छ । ८ . बदाममा प्रोटीन, फाइबर, खनिज भिटामिन र एन्टीअक्सिडेट प्रचुरमात्रामा पाईन्छ । त्यसैले यसको सेवनले स्किनलाई लामो समय सम्म ताजा राख्दछ । ९ . क्याल्सियम र भिटामिन डी अधिक मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हड्डी मजबुत बनाउदछ । १०. नियमित बदाम सेवनले महिला र पुरुषको हर्मोनलाई सन्तुल बनाईराख्दछ ।
0 comments:
Post a Comment
We love your Feedback