Carrot Juice

Carrot Juice

health with fruits

health with fruits

Love

Love

Fresh Veggies

Fresh Veggies

I am Healthy

I am Healthy

Wednesday, June 13, 2018

घरबाटै बिल तिर्ने बानी बसालौं ! प्रविधिको प्रयोग गरी समयको बचत गरौं ।

घरवाटै बिल तिर्ने बानी बसालौं

प्रविधिको प्रयोग गरी समयको बचत गरौं ।

नेपाल टेलिकमको ल्यान्डलाईन टेलिफोनको बिल घरबाटै तिर्ने सजिलो तरिका :

क. टेलिफोन बिल रकम कति छ कसरी थाहा पाउने ?

संबन्धित टेलिफोन बाट १४१५ मा फोन गरेर सजीलै क्रेडिट लिमिट जान्नुहोस । अथवा,

आफ्नो मोवाईलको म्यसेज बक्स मा गई CB*Phone No. जस्तैः CB*075520058 टाईप गरी १४१५ माा म्यासेज गर्नुहोस र SMS बाटै बिल तुरुन्तै प्राप्त गर्नुहोस ।

ख. अनि बिल चांही कसरी तिर्ने ?

बजारबाट नेपाल टेलिकमले जारी गरेको NT Recharge कार्ड खरीद गर्नुहोस ।

आफ्नो मोवाईल, ल्यान्डलाईन अथवा सीडीएमए फोनबाट १४१५ डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार बिल चुक्ता गर्नुहोस ।

अथवा Internet को पहुंचमा हुनुहुन्छ, http://webrecharge.ntc.net.np/ मा गई बिल तिर्नुहोस ।

ग. अन्य कुनै विकल्प पनि छन् की ?

यदी तपाई { E-sewa, I-Pay, Pay-Bill आदी चलाउनु हुन्छ भने त्यसवाट सजिलै बिल तिर्न सक्नुहुन्छ ।

नेपाल टेलिकमको बिल बिभिन्न बैंक मार्फत सजिलै तिर्न सकिन्छ । त्यसको लागी आफ्नो बैंकमा सम्पर्क गर्नुहोस ।

बजारमा M-Pos र E-Sews Point मार्फत सजिलै बिल तिर्न सक्नुहुन्छ, तपाईकै वरीपरीका प्रायजसो कम्प्युटर सेन्टरले फोन तथा ADSL को बिल तिरिदिन्छन् ।

३. बिल तिर्दा बढी भएको रकम के हुन्छ ?

त्यो रकम तपाईको टेलीफोन मै थप Credit Limit को रुपमा जम्मा हुन्छ र अर्को पटकको बिलमा समायोजन हुन्छ ।

साथै ADSL तथा Postpaid Mobile को बिल पनि माथीको तरीकाबटै तिर्न सक्नुहुन्छ । थप जिज्ञासा वा कुनै समस्या भएमा टे.नं. 075520370 मा सम्मर्क गर्नुहोला ।

धन्यवाद

[फ्रि सिम] नेपाल टेलिकमको बिद्यार्थी सिम र यसका फाईदाहरु

नेपाल टेलिकमले बिद्यार्थीहरुलाई लक्षित गर्दै बिद्यार्थी सिम अफर ल्याएको छ । कम्पनिले SEE परिक्षा पछी तुरुन्तै घोषणा गरेको बिद्यार्थी सिम बिभिन्न अप्थ्याराहरु पार गर्दै हाल प्राय नेपाल टेलिकमका सबै कार्यालयहरुमा पाउन सकिन्छ । तर अझै पनि धेरै बिद्यार्थीहरुलाई दुबिधा हुन सक्छ कि त्यो सिम लिन कहाँ जाने ? के-के चाहिन्छ ? कसरी पाउन सकिन्छ र के के फाईदा हरु छन ? सबैलाई सजिलो होस् भनेर ति सबै कुराहरु यहाँ पोस्ट गरिएको छ ।

सर्बप्रथम त यो सिम प्राप्त गर्न तपाईं बिद्यार्थी हुनु भने अनिबार्य छ र त्यो पनि SEE दिएको वा त्यो भन्दा माथिल्लो कक्ष्यामा अध्ययन गर्दै गरेको हुनु अनिबार्य छ । यदी तपाईं यो क्याटोगरी भित्र पर्नुहुन्छ भने तपाईंले निस्चित प्रैकृया पुराएर बिद्यार्थी सिम निसुल्क प्राप्त गर्न सक्नुहुन्छ ।

यो सिम कहाँ-कहा पाईन्छ ?

यो सिम प्राप्त गर्न तपाईंले नेपाल टेलिकमको नजिकको काउन्टरमा(कार्यालय) संपर्क गर्नुहोस् ।

यो सिम लिन के-के कागजात आवश्यक पर्छ ?

यदी तपाईं SEE दियर बसेको बिद्यार्थी हो भने :

१ सिम को दर्ता फरम भर्नु पर्छ । यो फारम नेपाल टेलिकमले निसुल्क दिन्छ । र यो फरम भर्दा एउटा हालसालै खिचेको पास्पोर्ट साइजको फोटो चाहिन्छ ।

२ त्यसको साथमा बिधालयको आइडी वा SEE प्रबेस्पत्रको फोटोकपी र

३ अभिभबक को वा आफ्नै नागरिकताको फोटोकपी ।

यदी तपाईं माथिल्लो लेभलको बिदार्थी हो भने :

१ सिम को दर्ता फरम भर्नु पर्छ । यो फारम नेपाल टेलिकमले निसुल्क दिन्छ । र यो फरम भर्दा एउटा हालसालै खिचेको पास्पोर्ट साइजको फोटो चाहिन्छ ।

२ त्यसको साथमा बिधालयको आइडी

३ तपाईंको आफ्नै नागरिकताको फोटोकपी ।

के छन त यो सिम का बिसेसता ?

यो सिम तपाईंले निसुल्क पाउन सक्नुहुन्छ अर्थात यसको लागि तपाईंले कुनै सुल्क तिर्नु पर्दैन । त्यसको माथि तपाईंले निम्न फाईदाहरु लिन सक्नुहुन्छ :

सुरुमा : ६० एम बि डाटा ४० मिनेट भ्वाइस र २० वटा एस् एम एस् निसुल्क पठाउन पाउनुहुन्छ ।

पछी ६ महिनासम्म प्रती महिना : ६० एम बि डाटा ४० मिनेट भ्वाइस र २० वटा एस् एम एस् निसुल्क पठाउन पाउनुहुन्छ ।

साथै : रु ५० वा त्यो भन्दा माथिको रिचार्जमा ५० एम बि डाटा र १० मिनेट भ्वाइस बोनस एक बर्षसम्म प्रतेक पतको रेचार्जमा पाउन सक्नुहुन्छ ।

यो सिम कहिले सम्म पाईन्छ ?

यो सिम २०७५ श्रवान २ गते सम्म पाईन्छ ।

गुल्मी एअरपोर्ट र नेताहरुको वाक युद्द !

यो जेठ महिनामा मलमास परेको ! सम्योग पनि कस्तो भने गुल्मी को सदरमुकाम तम्घास नजिकै रहेको सिमिचौरमा बनिरहेको रेसुङा बिमान्स्थल जसको सिलन्यास पनि मलमासमै भएको थियो र परिक्षण उडान पनि मलमास पारेरै गरियो ।

अर्को सम्योग कस्तो भने मानानीय Pradeep Gyawali ज्यु त्यो बेलामा पनि मन्त्री हुनुहुन्थ्यो । सन्स्क्रिती, प्रयाटन तथा नागरिक उड्द्यन मन्त्री भने अहिले पनि मन्त्री हुनुहुन्छ पररास्ट्र मन्त्री । तर बिषय यो होइन कि किन प्रदिप जि नै मन्त्री भएको बेलामा नै यि काम हरु भए ? अहिले त प्रश्न यो हो कि गुल्मीका प्रभाब्साली नेता द्वय प्रदिप ग्यवली र चन्द्र भण्डारी को बारेमा चलेको वाक युदको हो ।

यही जेठ २५ मा तारा एयरको सानो बिमान ले धुलो उडाउदै सिमिचौरको त्यो सानो निर्माणधिन बिमानस्थलमा के परीक्षण उडान गरेको थियो , यत्रो १२ बर्ष सम्म पुरा हुन नसकेको र हाल सम्म पनि रनवे पिच हुन र कुनै आवश्यक भबन् बन्न नसकेको एरपोर्ट बनाउन नसकेको मा दुबइ नेताहरुले लाज मानेर काम छिट्टो सम्पन्न गर्ने र गराउन सहयोग गर्ने प्रतिबद्दता कही कतै बाट आएन ।

उल्टा नेता ज्युहरु यो काम मैले गरेको भन्न र प्रचार्बाजी गर्न थालनु भएको सामाजिक सन्जाल बाट थाहा हुन्छ । त्यसले नेताजिउ हरु कृपया तपाईंहरु यो कार्य छिट्टो भन्दा छिट्टो गर्ने र गराउने तिर लाग्नुहोस् । जनता जगुरक भै सकेका छन । काम कस्ले गर्‍यो भनेर कराउन पर्दैन । सबैले सजिलै बुझ्छन ।

नत्र मैले यो काम गरे भन्ने र धाक मात्र लगएको जनताले कदापी रुचाउदैनन । उदाहरण अगिल्लो चुनाव तपाईं हाम्रो अगाडि छर्लङ छैद छ ।

के दाईजोको बारेमा प्रश्न सोध्नु पत्रकारको गल्ती हो ?

नयाँ सरकार गठन् र दुई तिहाइ बहुमतको स्थिर सरकार ! नेपाली जनताको आसा र भरोसा रहेको सरकार । नेपाली कङ्रेस बाहेक प्राय सबै मुलधारका दलहरुको समर्थन पाएको सरकार । यस्तो सरकार भएको बेलामा आफ्नो क्षमता र समर्थ्यता देखाएर सबै जनताको मन जित्नु पर्ने सरकार । तर यती बेला समाचार को बजार तातेको छ समसँगको आइफोन बोक्ने मन्त्री र दाईजो लिने मन्त्रिहरुको बारेमा र पदको बलमा कार्यक्रमा नै बन्द गराउने मन्त्रिको बारेमा ।

आजको युग सुचना प्रबिधिको युग । यस्तो युगमा पत्रकारिता बाट मन्त्री बनेका सुचना तथा संचार मन्त्री गोकुल बस्कोटाको चर्चा चुलिएको छ । पहिला त मानानीय मन्त्री ज्यु लाई थाहा भएनछ कि आइफोन समसङले बनाउदैन । भुलबस सम्पत्ती विवरणमा उहाले समसङको स्मार्ट फोन लेख्न खोज्दा हुन सक्छ आइफोन (समसँग) हुन पुगेछ । त्यो त भयो सामान्य गल्ती । न त्यस्ले देशलाई घात गर्छ न त त्यो देखेर समसङले आइफोन माथि आफ्नो कब्जा नै जमाउछ ।

तर अहिले बजार तातेको बिषय भने अलिक गम्भिर छ । कुरा हो सरकारी मिडियामा लामो समय देखी प्रसारण भै रहेको कार्यक्रम बन्द गरेको हल्ला । हल्ला पनि के भनौ मुलधारका मिडिया ले नै भने पछी पत्याउनै पर्‍यो । किनकी सेतोपटी लेक्छ : दाइजोबारे प्रश्न सोध्दा मन्त्रीले गरिदिए कार्यक्रम नै बन्द हेर्नुहोस् यहाँ : https://setopati.com/politics/161722 लौ अब चुरो कुरो के हो र सिध कुरा भन्ने कार्यक्रम किन बन्द गरएको वा भएको हो कृपया सरकार जवाफ जनता मगिरहेका छन ।

Tuesday, June 12, 2018

पिरो खानु कती फाईदाजनक ? जानेर तपाईं अस्चर्यमा पर्नुहुनेछ

पिरो ! सुन्दा त्यती माया लाग्ने शब्द त होइन । सम्झिदा खाउ-खाउ लाग्ने पनि होइन । तर खाने बेलामा पिरो भएन भने स्वाद नै नआउने । अनौठो छ पिरो र मनिसको सम्बन्ध । परा-पुर्ब काल देखिनै जब मनिसले खाना पकाएर खान थाल्यो शायद त्यसै बेलादेखी पिरो पनि खान सुरु गर्‍यो । यहाँ हामी पिरो कहिले देखी खान सुरु गरियो भनेर लेख्न भने गएका होइनौ । यहाँ पिरोका ति फाईदाहरुको बारेमा लेखिदै छ जुन तपाईंहरुलाई थाहा छैन होला शायद ।

त्यसो भए के पिरोका पनि फाईदाहरु छन त ? हो अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः

  • तौल कम गर्छः
  • यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।

  • क्यान्सर रोक्छः
  • अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।

  • मुटुलाई स्वास्थ राख्छः
  • खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।

  • रक्तचापलाई कम गर्छः
  • अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।

  • रिसलाई नियन्त्रण गर्छः
  • पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।

    निद्रा सम्बन्धी समस्या र समाधान का सजिला उपायहरु

    निद्रा केवल निद आएर सुत्नुपर्ने मात्र नभएर दिनभरिको परिश्रमले थाकेको शरीर र मस्तिस्कलाई आराम दिने र पुन फ्रेस गराएर अर्को दिनको लागि तयार गर्ने माध्यम हो । मनिषाले केवल निदाएर मात्र सारिरिक र मानसिक थकान बाट मुक्ती पाउछ र फेरी काम गर्ने हौसाला, जोश र जागर पनि प्राप्त गर्छ । मानिस निदाएको बेलामा केबल रक्तसन्चार, पाचन, श्वास-प्रश्वास र स्नायु प्रणाली मात्र सकृय हुन्छन बाँकी सबै शरीर आराम गर्दछ । सान्सरिक कुनै कुराको पनि ज्ञान नहुने यो बेलालाई एक प्रकारले बेहोसिको रुपमा पनि लिने गरिन्छ । यो बेहोसी प्राकृतिक र नियमित प्रकृया हो जसले हामीलाई उर्जा प्रादन गर्दछ भने मनलाई समेत हल्का बनाउछ ।

    निद्रा वा बेहोसकै अवस्थामा शरीरका कोशिका तन्तुहरुको पुनःस्थापना, वृद्धि र विकास हुन्छ । यस्तै मानिसलाई ताजा, स्वस्थ र फुर्तिलो बनाउन पनि निद्राक ठूलो महत्त्व छ । निद्राबाट शारीरिक, मानसिक दुवै आराम मिल्छ । जबसम्म मान्छे सुतेको हुँदैन तबसम्म मस्तिष्कमा सोचविचार भई नै रहन्छ । डा. शर्माका अनुसार शारीरिक क्रियाकलाप गर्दा मांसपेशीको घशरणअबाट थकान उत्पन्न हुन्छ । त्यो थकान मेट्नका लागि सुतेर निदाउनु जरुरी छ । णिद्रा भोकप्यासजस्तै मानिसलाई नभई नहुने कुरा हो । शारीरिक, मानसिक रुपमा आराम प्राप्तिका लागि निद्राको महत्त्वपूर्ण भूमिका रहन्छ । आधुनिक समाजमा मानिसले व्यापार-व्यवसायतिर पर्याप्त समय दिएर राति सुत्ने समयलाई छोट्याउने गरेको पाइन्छ । यसले स्वास्थ्यलाई धेरै नकारात्मक प्रभाव पार्ने डा. शर्मा बताउनुहुन्छ । भोक लाग्नेबित्तिकै खाना र निद्रा लाग्नेबित्तिकै सुत्ने अवसर सबैलाई हुँदैन ।

    चिकित्सकहरुका अनुसार भोक लाग्दा नखानु जति हानिकारक छ, सुतेपछि निद्रा नलाग्नु पनि उत्तिकै हानिकारक छ । निद्रा एक महाऔषधि नै हो । मानिस आफूलाई व्यस्त राख्ने बहानामा राति ३-४ घण्टा मात्र सुत्छन् । यसले शरीर र मस्तिष्कलाई प्रतिकूल असर पार्छ । डा. शर्माका अनुसार कम समय सुत्ने मानिस अल्पायु हुने गर्छ । उहाँ भन्नुहुन्छ- दिउसो जागा अवस्थाको समयभन्दा राति निदाएको समय बढी महत्त्वपूर्ण हुन्छ । मानिस रातको समय बेकारमा खर्च भएको ठान्छन्, जुन एकदमै गलत छ । दिनभरको कामले थाकेको दिमाग र शरीर दुवैलाई न्रि्राको अति नै आवश्यक पर्दछ । मानवजीवन वर्ष महिना, हप्ता, दिन हुँदै खास नियम र प्रणालीअनुसार बित्ने गर्छ । यसलाई जैविक चक्र प्रणाली, जैविक घडी, आन्तरिक-शारीरिक घडी, नियमित चक्र प्रणाली पनि भनिन्छ । डा. शर्माका अनुसार प्राकृतिक हिसाबले न्रि्रा अँध्यारोसँग सम्बन्धित छ । राति सुतेको समयमा अँध्यारोमा मस्तिष्कले एक प्रकारको झोल पदार्थ निकाल्ने गर्दछ जसलाई 'मेलाटोनिन’ भनिन्छ ।

    यसले मानिसलाई मस्त निद्रा लाग्ने बनाइदिन्छ, मस्तिष्कलाई रिफ्रेस गरिदिन्छ । कसै-कसैलाई उज्यालोमा निद्रा नपर्ने कारण पनि यही हो । मेलाटोनिनको कमी भएमा मानिसलाई निद्रा नपर्ने डा. शर्मा बताउनुहुन्छ । उहाँका अनुसार मेलाटोनिनाको कमी भएका व्यक्तिलाई कुनै बेला बाहिरबाट पनि मेलाटोनिन पदार्थ राख्न मिल्छ तर त्यो त्यति प्रभावकारी नहुन पनि सक्छ । मस्तिष्क र स्वास्थ्यका लागि पनि अति महत्त्वपूर्ण न्रि्राले ध्यान यताउति केन्द्रित हुनबाट रोकी सिर्जनशील कार्यका लागि कार्ययोजना बनाउने गर्छ । यसले गर्दा भोलिपल्ट मानिसले गर्ने कार्यदक्षतामा विकास हुन्छ । त्यति मात्र नभएर निदाएको समयमा मुटुको धड्कन कम हुने गर्दछ ।

    न्रिद्रा किन लाग्दैन ?

    मानवजीवनमा निद्रा नहुने हो भने जीवन अस्तव्यस्त र तनावपूर्ण हुन्थ्यो । मानवशरीरमा निद्राको महत्त्वबारे धेरै कुरा पत्ता लागे पनि केही रहस्यमय कुराहरु विज्ञानले समेत पत्ता लगाउन सकेको छैन । आधुनिक जीवनले निद्रा गुमाउँदै गइरहेको छ । न्रि्रामा आएको गडबडीले जीवन बढी कोलाहलपूर्ण हुँदै गइरहेको छ । रातभरि नसुतेको दिन जीउ गाह्रो हुन्छ, खान रुच्दैन । निद्राको सम्बन्ध सीधै मान्छेको मनस्थितिसँग जोडिएको हुन्छ । मन विचारहरुले भरिएको छ भने निदाउन मुस्किल पर्छ । दुःखजस्तै सुख वा उत्तेजनामा पनि न्रि्रा गायब हुन्छ । मानिस अति हर्सको क्षणमा पनि रातभर निदाउन सक्दैनन् । निदाइहाले पनि शरीरले गहिरो विश्राम पाउन सक्दैन । अन्रि्राको समस्या भएका मानिस अनिदोका कारण आलस्य, थकावट, र्झकने, राम्ररी कुरा बुझन नसक्ने हुन्छन् । आँखाबाट परेला झर्ने, बोली अशुद्ध र लरबरिने हुन्छ । धेरै दिनसम्म अनिदो रहने मानिसको न्रि्राको क्षतिपर्ूर्ति पछि सुतेर परिपर्ूर्ति गर्न सकिंदैन । त्यसले अनेकौं रोगको रुप लिन पुग्छ ।

    निद्रा नलाग्ने समस्या युवाहरुमा भन्दा बुढ्यौलीमा बढी हुन्छ । जाडोयाममा रात लामो हुनाले न्रि्रा नलाग्ने मानिस जागै बसेर रात कटाउनुपर्ने समस्याले ग्रसित बन्छन् । मुख्यतः मानसिक समस्याका कारणबाट थुप्रै व्यक्तिहरु अन्रि्राका सिकार बन्ने गर्छन् । चिन्ता, तनाव, अत्यधिक खुशी, अनावश्यक सोचाइ, उच्च महत्त्वाकांक्षा तथा विभिन्न मानसिक समस्याका कारणबाट अनिदो हुनेहरुले जिन्दगीभर आरामको जीवन बिताउन पाएका हुँदैनन । यस्ता रोगीहरु औषधिको सहारामा निदाउनेे गर्छन् । रातभरको अनिदो, बेचैनी र तनावले कोल्टे फेर्द-फेर्दै बिहानीपख निदाउने गर्छन् । यस्तै शारीरिक समस्याका कारणले पनि न्रि्रा नलाग्ने समस्या उत्पन्न हुन्छ ।

    ज्यादै टाउको दुःखेमा, पेटको अल्सर, खुट्टा दुख्ने, रक्तचाप, मुटुसम्बन्धी रोग, स्नायु प्रणालीका समस्या, ज्यादै पीडायुक्त स्वास्थ्यसमस्या, विभिन्न ग्रन्थिहरुको रोग र तिनबाट निस्कने हर्मोनको सन्तुलन बिग्रिएमा पनि न्रि्रा लाग्दैन । त्यस्तै दिनचर्यामा विकार आउनु, सुत्ने समयको गडबडी हुनु, प्रतियोगिता र परीक्षाको समय आउनु आदि पनि न्रि्रा नलाग्नुका कारण हुन सक्छन् । त्यसैगरी अत्यधिक थकाइ, रातभरि काम गर्ने र दिनभर सुत्ने बानी भएका, डर-त्रास र बारम्बार नराम्रो सपना देख्नेहरु, मादक पदार्थ तथा लागूपदार्थको दुर्व्यासनिहरुलाई निद्राको समस्या हुन सक्छ ।

    सन्तुलित खानाको कमीले, बुढ्यौली, असुरक्षा, ध्वन्रि्रदूषण आदि कारणबाट पनि निद्रा नपर्ने हुन्छ । डा. शर्माका अनुसार कहिलेकाहीँ उद्देश्य असफल भएका व्यक्तिलाई निराशाले गर्दा पनि निद्रा नलाग्न सक्छ ।

    कसलाई कति न्रिद्राको आवश्यकता ?

    राम्रो न्रि्रा लागेमा थकाइ मेटिने हुँदा भोलिपल्ट बिहान फर्ूर्तिको अनुभव हुन्छ र काम गर्ने उत्साह जागेर आउँछ । बच्चा, बूढा, जवान सबैका लागि निद्रा आवश्यक छ । राति निद्रा नपर्ने, चाँडै आँखा खुल्ने, शरीर भारी हुने, काम गर्ने फुर्तिलो नहुने अनिद्राको समस्या हो । यसलाई अंग्रेजीमा इनसोमनिया भनिन्छ । शरीर पूर्ण ताजगी हुन र उच्च कार्यदक्षता प्राप्त गर्न निद्राको आवश्यकता हुन्छ । सुत्नुपर्ने समयावधिको निक्र्योल धेरै परिवेशले गर्दछ । त्यसमा पनि उमेरको भूमिका महत्त्वपूर्ण हुन्छ । भर्खर जन्मेको बच्चालाई १६ देखि १९ घण्टासम्म सुत्नु जरुरी हुन्छ भने पाँच वर्षुनिको बच्चालाई कमसेकम ९ घण्टा सुत्नु आवश्यक छ । यस्तै अधिकाशं वयष्क एवम् ठूला व्यक्तिलाई ७-८ घण्टा सुत्नै पर्छ ।

    कतिपय व्यक्ति ५ घण्टाभन्दा कम सुतेर पनि सन्तुष्टि प्राप्त गर्छन् भने १० घण्टाभन्दा बढी सुतेर असन्तोष व्यक्त गर्नेहरु पनि हुन्छन् । न्रि्राले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा वैज्ञानिकहरुले अहिलेसम्म पनि अध्ययन गर्दै छन् । एक वा दुइ घण्टा मात्रै पनि न्रि्राको कमी भएमा मस्तिष्कको क्षमतामा कमी आउँछ । यस्तै अपुग सुताइबाट हुन सक्ने मुख्य स्वास्थ्यसमस्यामा क्यान्सर, मुटुको रोग, मोटोपन, चिनीरोग, छोटो आयु आदि हुन् । बाँझोपन, निराशा, मानसिक तनाव, गर्भ तुहिने, सुत्केरीपछिको मानसिक तनाव आदि समस्या पनि न्रि्राको कमीबाट देखिन सक्छन् ।

    पुरुषको तुलनामा महिलालाई निद्राको आवश्यकता बढी हुने चिकित्सक बताउँछन् । सामान्य अवस्थामा पनि पुरुषभन्दा महिलाले १-२ घण्टा बढी सुत्नु आवश्यक हुन्छ । त्यसमा पनि सुत्केरी अवस्थामा झनै आरामको आवश्यकता पर्छ । को-कति घण्टा सुत्ने भन्ने कुरा केही मात्रामा व्यक्तिले विकास गर्ने बानीले पनि निक्र्योल गर्छ । विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्ची २४ घण्टामा ६ घण्टा सुत्नुपर्छ भन्ने कुरामा विश्वस्त भए पनि दिनभरको अन्य समय नोक्सानी हुने महसुस गरी हरेक ४५ मिनेट काम गर्ने र १५ मिनेट सुत्ने बानी र प्रणालीको विकास गरेका थिए । उनी सुतेको १ मिनेटभित्र निदाउन सक्थे । त्यस्तै ज्यादा सुताइले पनि स्वास्थ्यमा प्रतिकूल असर पर्ने डा. शर्मा बताउनुहुन्छ । उहाँका अनुसार ज्यादा सुत्दा अल्छी हुने, सृजनात्मक शक्तिमा ह्रास आउने, फुर्तिलोपना घट्ने र आत्मशक्ति कमजोर हुने गर्दछ ।

    यसबाहेक धेरै सुत्ने मानिसमा अल्छीपना बढी हुनाले सामाजिक प्रतिष्ठामा ह्रास आउने सम्भावना रहने तथा सधैँ काममा ढिलासमेत हुने गर्दछ । न्रिद्रा लगाउने औषधिले हानि पनि गर्छ न्रि्राको अनियमितताले पनि मानिसमा अनेकौं किसिमको रोग लाग्छ । व्यापार-व्यवसाय, अध्ययन, जागिर वा त्यस्तै व्यस्तताले मान्छेलाई गाँज्दै लगेको छ । खासगरी सहरी जीवनमा यो जटिलता बढी देखिन्छ, जहँँ सहज र स्वाभाविक न्रि्रा पाउन मुस्किल छ । महत्त्वाकांक्षीहरु रातभरि सुत्नुलाई समयको ठूलो बर्बादी ठान्छन् । एक अध्ययनले के देखाएको छ भने अमेरिका, जापानलगायत विकसित देशमा धेरै मानिस न्रि्राको औषधि प्रयोग नगरी सुत्नै सक्दैनन् । नियमित त्यस्तो औषधिको सेवनले धेरै मानिस दुर्व्यासनी भएका छन् । कतिपयको ज्यान नै गएको छ भने कतिपय रोगले ग्रस्त बनेका छन् ।

    निद्रा लगाउने औषधिको प्रयोगले तत्काल कुनै असर नगरे पनि लामो समयको प्रयोगले अन्य थुप्रै शारीरिक समस्या देखिने हुँदा यस्ता औषधिको प्रयोग बढाउनुभन्दा निद्रा नलाग्नुको कारण खोजेर समाधान गर्नु उपयुक्त हुने डा. शर्माको सुझाव छ । यस्ता औषधिको बढी प्रयोगले शरीर झुम्म हुने, शिथिल हुने, श्वासप्रश्वासमा समस्या हुने, शरीरको मांसपेशी कमजोर हुने, रक्तचाप बढ्नेलगायतका समस्या देखा पर्छन् । यस प्रकारका औषधि मनलाई असर गर्ने -मनोद्वेग) औषधिअर्न्तर्गत पर्ने भएकोले यस्ता औषधि निर्बाधरुपमा जताततै बिक्रीका लागि राख्न नहुने डा. शर्मा बताउनुहुन्छ । यस्ता औषधि अनुमतिविना बेच्न नपाइने भए पनि सामान्यरुपमा नै किन्न पाइने डा. शर्माको अनुभव छ । चिकित्सकको सल्लाहविना नै कतिपय व्यक्तिले न्रि्रा नलाग्दा आफूखुशी यस्तो औषधि प्रयोग गर्छन् । लामो समय प्रयोग गरी छोड्न नसक्दा नराम्रो लत नै बस्छ । यसले स्वास्थ्यमा विभिन्न किसिमको हानि पुर्‍याउँछ । यस्ता औषधिको जथाभावी प्रयोगले मिर्गौलामा समेत असर गर्ने डा. शर्मा बताउनुहुन्छ । त्यसैले यस्ता औषधि चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ ।

    अन्रिद्राको उपचार न्रि्रा नपर्नेहरुका लागि उपचारको कदम चाल्नुअघि अन्रि्राको कारण पत्ता लगाउनु जरुरी हुन्छ । सामान्यतया जाँच, प्रतियोगितामा असफलता, थकाइका कारण न्रि्रा नलागेको अवस्थामा यसको सकारात्मक अन्त्यपछि बिस्तारै आफैं न्रि्रा पर्न थाल्छ । शारीरिक रोगहरु जस्तै- टाउको दुख्ने, पेटको अल्सर, क्यान्सर, तीव्र पीडा आदि भएमा यसको राम्रोसँग उपचार गर्नर्ुपर्छ । मानसिक रोगका कारण न्रि्रा नलागेको भए उक्त रोगको जाँच गरी उपचार गर्नु आवश्यक हुन्छ ।

    कसै गर्दा पनि न्रि्रामा सुधार नआएमा चिकित्सकले न्रि्रा लगाउने औषधि सिफारिस गर्छन् तर सो औषधिलाई अन्रि्राको औषधिका रुपमा निरन्तर प्रयोग गर्नु हुँदैन । औषधिले निदाउने बानी परेपछि औषधिविना न्रि्रा नलाग्ने हुँदा न्रि्रा खुल्दासमेत शरीरमा फर्ूर्ति नआई आलस्य र भारी भइरहन्छ । औषधिको लत बसेमा खानु न छोड्नुको अवस्था हुन्छ । डा. शर्माका अनुसार यस्ता औषधिको मात्रा बढी भएमा मानिसको मृत्यु पनि हुन सक्छ । सामान्यतया न्रि्रा लगाउन पर्याप्त व्यायाम गर्ने, ज्यादा कडा चिया-कफी नपिउने, सधैँ शान्त र दोहोरो हावा आउने ठाउँमा सुत्ने, सुत्नुअघि सम्भव भए तातो पानीले नुहाएर सुत्ने गर्नुपर्छ । चिन्ता, तनाव छाडेर सधैँ सकारात्मक सोचाइ राख्ने र रमाइला कल्पना गर्ने गर्दा अन्रि्राले समात्दैन । दैनिक नियमितरुपमा एकै समयमा सुत्ने र बिहान एकै समयमा उठ्ने गर्नुस !

    प्राय घाटी खराब हुने र खोकी लागि रहने गर्छ ? यो अवस्य पढ्नुहोला

    मौसमको बदलाव संगै गलामा हल्का खरास हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि गलामा खराश हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो इलाजको जरुरी हुन्छ । आमरुपमा मानिशहरू गलाको खराशलाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।

    गलामा आउने खराश गलको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन । हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ ।

    यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।

    अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा अधिक आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खराश हराएर जान्छ ।

    धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् ।

    खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।

    सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् । समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाहा लिनुहोस् ।